Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तिव्र गतिका दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते





असोज १० गते । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा चार जना घाइते भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा ४१ प ५६५६ नम्बरको मोटरसाइकल दायाँतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०३–००१ प ७२० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बा ४१ प ५६५६ नम्बरको मोटरसाइकल चालक मकवानपुर मनहरी–९ का १९ वर्षीय रेहान पुलामी मगर र पछाडि सवार ३१ वर्षीय गोविन्द दर्लामी घाइते भएका छन्। मगरको खुट्टा, दाँत र छातीमा चोट लागेको छ भने दर्लामीको टाउको, हात र खुट्टामा चोट लागेको छ। उनीहरूको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सु.प.प्र.०३–००१ प ७२० नम्बरको मोटरसाइकल चालक डोटी आदर्श गाउँपालिका–६ का २३ वर्षीय प्रदीप खड्का र पछाडि सवार २२ वर्षीय खगेन्द्र बोहरा पनि घाइते भएका छन्। खड्काको बाँया हात र कुममा, बोहराको टाउको र दायाँ खुट्टामा चोट लागेको छ। दुवै जना हाल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत छन्।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा राखिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।



Top Post Ad

post bottom ads

Ads Bottom