Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरमा बाबु–छोराबीच कापी च्यातेको विषयमा सामान्य विवाद भएपछि छोरा भागेर बेपत्ता



हेटौँडाबाट १२ वर्षीय बालक बेपत्ता

असोज १० गते । हेटौँडा उपमहानगरपालिका–८, कमानेबाट एक बालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा मकवानपुरगढी गाउँपालिका–७, कुसौरा घर भई हाल हेटौँडा–८, कमानेमा डेरा गरी बस्ने १२ वर्षीय आकाश गोले रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

बालक बिहीबार बिहानदेखि सम्पर्कविहीन भएका हुन्। गहुँगोरो वर्ण, करिब ४ फिट उचाइ र पातलो शरीर भएका गोले सुस्त मनस्थितिका रहेको पारिवारिक स्रोतले जनाएको छ।

घरमा बाबु–छोराबीच कापी च्यातेको विषयमा सामान्य विवाद भएपछि आकाश घरबाट निस्किएका थिए। तर उनी आफन्त वा चिनेजानेकासमक्ष समेत नपुगेको र घरमा पनि फर्की नआएको परिवारले जानकारी दिएको छ।

आफ्नो छोरा हराएपछि बाबु विशाल गोलेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि अस्थायी प्रहरी पोस्ट हरियाली मकवानपुरका प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो।



Top Post Ad

post bottom ads

Ads Bottom