असोज ८ गते । शिव शिखर बहूद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्। जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार रहेका शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो।
भक्तपुरमा रहेको शिव शिखर सहकारीको बचत रकम हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा भक्तपुर जिल्ला अदालतले शर्मालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशअनुसार उनी नख्खु कारागारमा थुनामा थिए।
तर, भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्कँदा उनीसँगै शर्मा समेत निस्केर फरार भएका थिए। लामो समयसम्म लुकेर बसेका शर्मालाई प्रहरीले विशेष अपरेसनमार्फत सानेपाबाट पक्राउ गरेको हो।
शर्माविरुद्ध थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।




