असोज ८, स्याङ्जा।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ तिनधारेस्थित सिद्धार्थ राजमार्ग छेउमा एक अज्ञात पुरुष वेवारिसे अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार उक्त पुरुषको नाम, थर र वतन अहिलेसम्म खुल्न सकेको छैन। उनी २०८२ असोज ७ गते रातिको समयमा राजमार्ग छेउमा फेला परेका हुन्।
प्रहरीले उनको आफन्त वा चिन्नुहुने महानुभावहरुलाई शीघ्र सम्पर्क गर्न आग्रह गरेको छ। जानकारी दिनेहरूले जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको ९८५६०९०१६२ (कन्ट्रोल रुम) वा ९८५६०९३९९९ (संचार शाखा) मा सम्पर्क गर्न सक्नेछन्।




