Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लुटपाटमा संलग्न २६ जना सेनाको नियन्त्रणमा


भाद्र २५, देशभर फैलिरहेको असुरक्षा वातावरणलाई ध्यानमा राख्दै नेपाली सेनाले विशेष सुरक्षा अभियान प्रारम्भ गरेको छ। सेनाले तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि रोकथाममा समुदायलाई समेत सहकार्य गर्न आह्वान गरेको छ।

सुरक्षाबलका अनुसार काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको अभियानमार्फत हालसम्म २६ व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

त्यसमध्ये, काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जना पक्राउ परेका छन्। यस्तै, भक्तपुरको राधेराधे क्षेत्रको भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध वरपर भएको लुटपाट घटनामा संलग्न २१ जनालाई समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom