Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्की जिल्ला कारागारबाट भागे ७७४ जना कैदीबन्दी


भदौ २४ गते,  कास्की जिल्ला कारागारबाट एकैपटक ७७४ जना कैदीबन्दी फरार भएका छन्। कारागार प्रशासनका अनुसार ‘जेनजी’ आन्दोलनमा संलग्न प्रदर्शनकारीहरूले जबरजस्ती प्रवेश गरी कैदीलाई बाहिर निकालेका हुन्।

कारागारका सूचना अधिकारी महेन्द्र कुँवरका भनाइअनुसार आफू साँझ ५ बजेसम्म कार्यालयमै रहेका बेला कुनै असामान्य घटना नभएको थियो। उनले भने, “म कार्यालय समय सकिएर बाहिरिएपछि प्रदर्शनकारीले कैदीहरूलाई भगाएको रहेछ।”

उक्त घटनामा कारागारभित्र रहेका ‘ए’ र ‘बी’ दुवै ब्लकका कैदीबन्दीहरू भागेको पुष्टि गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom