Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामुदायिक वन अध्यक्षसहित १० जना सालको काठ चिरानको अभियोगमा पक्राउ


असोज ८ गते । अर्घाखाँचीको एक सामुदायिक वनका अध्यक्षसहित उपभोक्तामिलेर अवैध रूपमा सालको रुख काटेर चिरान गर्दै गरेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

शितगङ्गा नगरपालिका–८ स्थित झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई सालको काठ चिरान गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। अर्घाखाँचीमा काटिएका सालका रुख प्युठानको सरुमारानी गाउँपालिका–१, खुनझुनेमा चिरान भइरहेको अवस्थामा डिभिजन वन कार्यालय प्युठानले मंगलबार साँझ पक्राउ गरी डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाएको थियो।

अर्घाखाँची डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेशकुमार थारूका अनुसार पक्राउ पर्नेमा सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, स्थानीय चन्द्रबहादुर वाकवल, टीकाराम पुलामी, पुरन धामी, लेखबहादुर केएम, सकुर मिया, वीरबहादुर धामी, शङ्कर विश्वकर्मा र एक नाबालिका समेत रहेका छन्।

हाल पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखी आवश्यक कारबाही अघि बढाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom