Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मतदाता नामावली संशोधन अध्यादेश जारी,नयाँ मतदाता नाम सङ्कलनको बाटो खुल्यो


असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी भएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम बुधबार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको हो।

फागुन २१ गते हुने निर्वाचनको घोषणापछि नयाँ मतदाता नाम सङ्कलनको बाटो खुला गर्न सरकारले अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगले नयाँ मतदाता नाम सङ्कलनका लागि कार्ययोजना बनाएर लागू गर्नेछ। उक्त योजनाअनुसार कुन मितिबाट सुरु गरेर कहिलेसम्म नाम सङ्कलन गर्ने भन्ने तालिका तय हुनेछ।

आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिकले फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था हुने छ।

Top Post Ad

post bottom ads

Ads Bottom