Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति कार्यालयमा आगजनी , राष्ट्रपति पौडेललाई सेनाले शिवपुरी पुर्यायो


भाद्र २४, जेन–जी आन्दोलनमा सहभागी भीड सोमबार अपराह्न महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा समेत प्रवेश गरी आगजनीमा उत्रिएको छ।


यसअघि उनीहरूले संसद् भवन, सिंहदरबार लगायतका प्रशासनिक संरचना र दलका शीर्ष नेताहरूका आवास तथा कार्यालयमा आगो लगाइसकेपछि आन्दोलनकारीको अर्को लक्ष्य राष्ट्रपति निवास बनेको हो।


घटनापछि राष्ट्रपति सुरक्षित नभएको ठहर गर्दै नेपाली सेनाले हेलिकप्टरमार्फत उनलाई शिवपुरीस्थित आफ्नै तालिम केन्द्रमा सारिएको जनाएको छ।


यस्तै, केही घण्टा अघि सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बालुवाटारबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom