Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध





चितवन, असोज ४

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। साँझ ६ बजेबाट निरन्तर खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए।

रातभर पहिरो खसेका कारण पन्छाउने काम गर्न नसकिएको भए पनि आज बिहान उज्यालो भएपछि दुईतर्फबाट लोडर र स्काभेटर प्रयोग गरी काम सुरु गरिएको छ।

थप पहिरो नखसे करिब चार घण्टाभित्र सडक खुल्ने अनुमान गरिएको कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू रातभर बाटैमा अलपत्र परेका छन्।

पहिरो खसेको स्थान मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।



Top Post Ad

post bottom ads

Ads Bottom