Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भोटेकोसीमा डेलिभरी भ्यान खस्दा चालक बेपत्ता, थप विवरण

असोज १० गते । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको डेलिभरी भ्यान अरनिको राजमार्गबाट भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा काभ्रे, पनौती नगरपालिका–१० का २३ वर्षीय नवराज खुलाल रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

आज बिहान दूध सङ्कलनका लागि सिन्धु दुग्ध डेरीको बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान बलेफि गाउँपालिका–५, बलेफि नजिकैको सडक खण्डबाट करिब ५० मिटर तल भोटेकोसीमा खसेको हो।

बलेफि प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक (सप्रनी) सुरेश प्रसाद गुप्ताका अनुसार चालक खुलाल बेपत्ता भएका छन्। उहाँले भन्नुभयो, “बेपत्ता चालकको खोजीका लागि र्याफ्टिङ टोलीको सहयोगमा अभियान जारी छ।”



Top Post Ad

post bottom ads

Ads Bottom