Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इन्टरपोल रेड नोटिसमा फरार महिला युएईबाट पक्राउ

असोज १० गते । ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी एक नेपाली महिलालाई युनाइटेड अरब इमिरेट्स (युएई) बाट पक्राउ गरी बिहीबार नेपाल ल्याइएको छ।

पक्राउ पर्नेमा धनुषा, जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने तथा सिन्धुली, कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी छन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले दाहाललाई ठगी प्रकरणमा फरार रहेकी अवस्थामा युएईमा पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “ठगी मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएकी दाहाललाई पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल ल्याइएको हो।”

प्रहरीका अनुसार दाहालविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्नका लागि नेपाल प्रहरीको अनुरोधमा गत चैत २१ गते इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो।

पक्राउ परेकी दाहाललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाइएको प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom