इलाका प्रहरी कार्यालय लम्कीका अनुसार मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका–४, निमुवाबोझीका ६४ वर्षका दानबहादुर साउँद, ३५ वर्षका हर्क साउँद र १६ वर्षका शितल साउँद रहेका छन्।
घाइते भएका १२ जनाको उपचार लम्कीस्थित लालरत्न अस्पतालमा भइरहेको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।
सिंहका अनुसार सुप–प्र–०१–००२ त ४९९१ नम्बरको ट्याक्टर आइतबार दिउँसो करिब १ बजे लम्कीचुहा नगरपालिका–३, धोबेनी खोलानजिक दुर्घटनाग्रस्त भएको हो। ट्याक्टर पूर्व–पश्चिम राजमार्गबाट तल खसेको थियो।
दुर्घटनापछि चालक बर्दगोरिया गाउँपालिका–४, निमुवाबोझीका देवबहादुर बोहरा फरार रहेका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीय ७४ वर्षका हर्क बोहराको अन्त्येष्टि गर्न कर्णाली नदी किनार चिसापानीतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको जनाइएको छ।




