Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँबाट जेनजी आन्दोलनका क्रममा फरार भएका थप १२२ कैदीबन्दी पक्राउ

 


असोज ३० गते । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका १२२ जना कैदीबन्दीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सो मातहतका टोलीले संयुक्त रूपमा ती फरार कैदीबन्दीलाई नियन्त्रणमा लिएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार, पक्राउ परेकामध्ये ३५ जना चोरी, १७ जना जबर्जस्ती करणी, १२ जना ज्यान मार्ने उद्योग, ३० जना लागुऔषध, तीन–तीन जना कर्तव्यज्यान, बहुविवाह, बैंकिङ कसुर र सङ्गठित अपराध, तीन जना डाँकाचोरी, तीन जना सवारीज्यान, छ जना ज्यानसम्बन्धी कसुर र एक जना मानव बेचबिखन मुद्दाका छन् ।

पक्राउ परेकामध्ये ११२ जना पुरुष र १० जना महिला रहेका छन् । प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी बसिरहेका अवस्थाबाट पक्राउ गरेको जनाएको छ ।

एसएसपी थापाका अनुसार, अझै केही फरार कैदीबन्दीको खोजी कार्य जारी छ । उनले समाजका सर्वसाधारणलाई सहयोगका लागि आग्रह गर्दै भने, “यदि तपाईंको छरछिमेक वा आसपासमा फरार कैदीबन्दी वा नयाँ अपरिचित व्यक्ति बसोबास गरेको देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्नुपर्छ।”

नेपाल प्रहरीले नागरिकलाई अनुरोध गर्दै भनेको छ — फरार कैदीबन्दी वा शंकास्पद व्यक्तिको उपस्थितिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा हटलाइन ‘१००’ मा सम्पर्क गरी सूचना दिनुहोस्।

Top Post Ad

post bottom ads

Ads Bottom