Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु, दुई घाइते

 

असोज २९ गते । पूर्वी चितवनको रत्ननगरस्थित किसान दाना उद्योगमा आज बिहान पर्खाल भत्किँदा दुःखद घटना भएको छ। रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको उद्योगको ४ नम्बर भित्तो बिहान करिब ९ः५० बजे भत्किँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्।

भित्तो भत्किँदा उद्योगमा कार्यरत पाँच जना कामदार घाइते भएका थिए। उपचारका क्रममा सुमरा दराई (४५, खैरहनी–२), रमेश दमाई (४५, गोरखा, हाल रत्ननगर–१२)कमल गुरुङ (४५, रत्ननगर–१२) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो। उनीहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको बेला मृत्यु भएको हो।

त्यसैगरी, जीतेन्द्र महतो (३९, पर्सा, हाल रत्ननगर–१२)अकजप्रसाद थारु (४०, रत्ननगर–१२) घाइते भएका छन्। दुवैको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom