Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बझाङ केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प



असोज २९ गते । बझाङमा मङ्गलबार राति भूकम्पको हल्का धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः०८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र रहेको छ। मध्यरातमा गएको भूकम्पका कारण स्थानीयबासी आत्तिएका थिए।

भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त नभएको स्थानीय प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom