Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ३२ अर्ब ७६ करोड विदेश बाहिरियो


आश्विन २९, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो परिमाणमा रकम बाहिरिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनासम्मको विवरणअनुसार, भदौ महिनामात्रै विद्यार्थीहरूले अध्ययनका लागि रु ३२ अर्ब ७६ करोड विदेश लगेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको रु २८ अर्ब २० करोडभन्दा करिब रु ४ अर्ब बढी हो ।

यस्तै, समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय समेत नौ दशमलव छ प्रतिशतले बढ्दै रु ४७ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा यो खर्च रु ४३ अर्ब १८ करोड थियो ।

रिपोर्टअनुसार खुद सेवा आय रु ३१ अर्ब १६ करोड घाटामा रहेको छ, जुन अघिल्लो वर्षको रु २७ अर्ब ९३ करोड घाटाभन्दा अझ बढेको हो ।

त्यस्तै, समीक्षा अवधिमा भ्रमण आय पनि नौ दशमलव आठ प्रतिशतले बढ्दै रु ११ अर्ब ५८ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यो आय रु १० अर्ब ५५ करोड थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom