Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्की कारागारबाट फरार पोखराका एक कैदी आफ्नै घरमा मृत फेला


असोज ३ गते, पोखरा ।

कास्की कारागारबाट केही दिनअघि फरार भएका एक कैदी आइतबार बिहान पोखरा–२६ स्थित आफ्नै घरमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, ३५ वर्षीय फरार कैदी (नाम गोप्य) आफ्नै कोठाभित्र पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् । केही दिनअघि उनी कास्की कारागारबाट फरार भएको पुष्टि भएको र त्यसयता प्रहरीको खोजी सूचीमा रहेका थिए ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका एक अधिकृतका अनुसार, घटनास्थलमा आत्महत्यासँग सम्बन्धित केही प्रमाणहरू भेटिएका छन् । प्रारम्भिक रूपमा यो घटना आत्महत्याकै रूपमा देखिए पनि अन्य सम्भावनाका कोणबाट पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom