गत भदौ २३ र २४ गते देशभर भएको ‘जेनजी आन्दोलन’का क्रममा उनी नख्खु कारागारबाट फरार भएका थिए। फरारपछि लामो समयदेखि लुकीछिपी बस्दै आएका विश्वकर्मालाई प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्रबाट करिब डेढ किलोमिटर टाढा पक्राउ गरिएको हो। उनले भने, “फरार कैदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।”
डीएसपी मैनालीका अनुसार कानुनी प्रक्रिया पूरा गरी कारागार प्रशासनसँग समन्वय गरेर विश्वकर्मालाई पुनः नख्खु कारागार पठाउने तयारी भइरहेको छ। जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहर गरेपछि उनी नख्खु कारागारमा कैद सजाय भोग्दै आएका थिए।




