पश्चिम बागलुङको गलकोट प्रहरीले गलकोट नगरपालिका–१, दुदिलाभाटीका ६० वर्षीय जङ्गबहादुर पुन र सोही ठाउँका २० वर्षीय सुपिद नेपालीलाई सोमबार पक्राउ गरेको जनाएको छ ।
उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पुनलाई ३७ लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय तोकेको थियो । सो सजाय कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए ।
त्यस्तै, जिल्ला अदालत बागलुङले २०८१ असार ५ गते पशुपक्षी विरुद्धको कसुरमा दोषी ठहर गर्दै नेपालीलाई दुई महिना सात दिन कैद सजाय सुनाएको थियो ।
प्रहरीका अनुसार लुकीछिपी बसिरहेको सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरी अदालतको आदेश अनुसार जिल्ला कारागारमा पठाउने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेका अनुसार फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष खोजी टोली खटाइएको थियो ।




