Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घर पोत्ने माटो लिन जाँदा ढिस्कोले पुरिएर चार जनाको ज्यान गयो



असोज १५, सर्लाही । सर्लाहीको हरिपुवा नगरपालिका–१ हर्दी खोलानजिक माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकमध्ये महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।

घटनापछि स्थानीयले उद्धार गरी पीडितहरूलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याए पनि चिकित्सकले पुगे लगत्तै मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।



Top Post Ad

post bottom ads

Ads Bottom