![]() |
| फाइल तस्विर |
असोज १५, बीरगञ्ज । बीरगञ्जस्थित दसैँ मेला क्षेत्रको माईस्थानदेखि गीता मन्दिर रोडमा मंगलबार राति करिब १२ बजे भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घाइतेलाई तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याइएको थियो । तर उपचारका क्रममा बारा परवानीपुर गाउँपालिका–५ बहुअरीका २२ वर्षीय शिवम् साहस कानु (गोल्डेन खान) को मृत्यु भएको हो । मृतक हाल बीरगञ्ज महानगरपालिका–१० मा डेरा गरी बस्दै आएका र पेशाले ई–रिक्सा चालक थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले घटनामा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हत्यामा प्रत्यक्ष संलग्न दुई जनाको पहिचान खुलिसकेको छ तर पोस्टमार्टम रिपोर्ट नआएसम्म हत्याको कारण र संलग्न व्यक्तिहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताउनुभयो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाइरहेको छ ।




