Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा चर्को आवाजमा चलाइएका ४ मोटरसाइकल प्रहरीको नियन्त्रणमा


स्याङ्जा, कार्तिक ३ गते — वालिङ बजारमा चर्को आवाज निकाल्दै मोटरसाइकल चलाएको गुनासो आएपछि प्रहरीले चारवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

मिति २०८२ साल कार्तिक ३ गते (अक्टोबर १९) बिहान करिब १० बजे वडा प्रहरी कार्यालय वालिङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले बजारका विभिन्न स्थानमा जाँच संचालन गरेको थियो। सो क्रममा ध्वनी प्रदूषण हुने गरी चलाइएका र आवश्यक कागजात नबोकेको चारवटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा परेका मोटरसाइकलहरू यसप्रकार छन्ः
१. ग. १२ प. ५६६८ — ध्वनी प्रदूषण हुने गरी चर्को आवाजमा चलाएको।
२. ग. १५ प. २४०० — ध्वनी प्रदूषण हुने गरी चर्को आवाजमा चलाएको।
३. ग. १६ प. ८२३९ — आवश्यक कागजात नभएको।
४. लु. ७६ प. ७३२३ — आवश्यक कागजात नभएको।

प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनहरू सम्बन्धित कानूनी प्रक्रिया अनुसार कारवाहीका लागि तयार गरिएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom