असोज २९ गते । पाँचथरमा एक पिकअप गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्रदेश–२–००२ च. ७९५८ नम्बरको डबल क्याब पिकअप गाडी नांगीनबाट फिदिमतर्फ आउँदै गर्दा फिदिम–फालौट सडकखण्ड अन्तर्गत फिदिम–११ फेमे खोलामा दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा ६१ वर्षीय सुकवीर विश्वकर्मा,उहाँका २१ वर्षीय छोरा लक्ष्मी विश्वकर्मा,६४ वर्षीया कुमारी नेम्वाङ, र३४ वर्षीया कमला नेम्वाङ रहेका छन्।
घाइते चारै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




