असोज २९ गते । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमका अनुसार आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले कमी गरिएको हो ।
तर, डिजेल र मट्टितेलको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार —
- काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ,
- सुर्खेत र दाङमा १५८ रुपैयाँ, र
- अन्य क्षेत्रमा १५६.५० रुपैयाँ कायम गरिएको छ ।
निगमले विज्ञप्तिमार्फत जनाएको छ,
“इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनजर गर्दै उपभोक्तामाथि पर्ने मूल्यवृद्धिको असर कम गर्न र बजारमा मूल्य स्थिरता कायम राख्दै पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न खुद्रा बिक्री मूल्य यथावत राखिएको हो।”




