Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

मोबाइल चोरीको आरोपमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ


मङ्सिर ६, सप्तरी ।

सप्तरीमा मोबाइल चोरी गरेको आरोप लगाएपछि कुटपिटमा परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। राजगढ गाउँपालिका–६, फकिरा टोलका १९ वर्षीय मुकेश कुमार यादवको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बिष्णुपुर गाउँपालिका–४ की ३५ वर्षीया सरो कुमारी साहले बुधबार यादवलाई मोबाइल चोरी गरेको आशङ्का गर्दै लठ्ठीले प्रहार गरेपछि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए।

घाइते यादवलाई प्रारम्भिक उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याइएपछि थप उपचार कर्तव्यका लागि छिन्नमस्ता अस्पताल पुऱ्याइएको थियो। तर, उपचारकै क्रममा शुक्रबार साँझ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

मृतक यादव र साह दुवै हाल राजविराज नगरपालिका–१६, बोरिया लवटोलीमा बस्दै आएका थिए। घटना सार्वजनिक भएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom