Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दार्चुला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प



कात्तिक २१ गते — नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक बिहीबार राति भूकम्पको हल्का धक्का महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र (एनईएमआरसी–भूगर्भ विभाग) का अनुसार, भूकम्प राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास भारत सीमाक्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको हो। भूकम्पको तीव्रता स्थानीय रिक्टर स्केल अनुसार ४.१ म्याग्निच्युड मापन गरिएको विभागले जनाएको छ।

भूकम्पको कम्पन दार्चुला र आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन।

भूगर्भ विभागका अनुसार पछिल्ला वर्षहरूमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा साना–ठूला भूकम्पका झट्का बारम्बार अनुभव भइरहेका छन्। विभागले नागरिकहरूलाई सजग रहन र आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom