Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्राफिक प्रहरी कार्यालय पोखरामा राखिएको मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ



कास्की — जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको परिसरमा अनुसन्धान तथा कारबाहीका लागि राखिएको मोटरसाइकल चोरी गरी चलाइरहेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२।०५।२४ गते आन्दोलन, तोडफोड तथा आगजनीका क्रममा प्रहरी कार्यालयमा राखिएका सवारीसाधन चोरी गरी चलाइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७, दोविल्ला बस्ने २४ वर्षीय सुवास तामाङ रहेका छन्। उनले ईन्जिन नम्बर MC20ALKGK00393 र चेसिस नम्बर MBLLDUOLOKCK00274 भएको ग १६ प १४५५ नम्बरको कालो रङको X PLUS 200 मोटरसाइकल चोरी गरी चलाइरहेका थिए।

उक्त मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको परिसरमा अनुसन्धान तथा कारबाहीका लागि राखिएको थियो।

प्रहरीले मोटरसाइकल सहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom