Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा ३ जना फरार कसुरदार पक्राउ, जरिवाना असुलका लागि अदालत लगिँदै


स्याङ्जा, मंसिर ४ गते ।
अदालतले गरेको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेशन टोलीले विभिन्न मितिमा अदालतले फैसला गरिसक्दा पनि जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना कसूरदारलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही तथा जरिवाना असुलप्रक्रियाका लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका–०२ बस्नेख ७५ वर्षीय डम्बर ब. गुरुङ नकवजनी चोरी मुद्दामा दोषी ठहर भई रु. ९०० जरिवाना तिर्न बाँकी रहेको अवस्थामा फरार थिए। त्यस्तै, सोही स्थानकी ५२ वर्षीया खिर कुमारी थापा अंशवण्डा सम्बन्धी मुद्दामा रु. २२,४२० जरिवाना भुक्तान नगरी फरार रहेको प्रहरीले जनाएको छ। पुतलीबजार–०२ कै युवराज (मिलन) गुरुङ भने चोरी (अन्य) मुद्दामा रु. १,५०० जरिवाना तिर्न बाँकी अवस्थामा फरार रहेका थिए।

प्रहरीका अनुसार अदालतले गरेको फैसला समयमा नै कार्यान्वयन नहुने र कसूरदारहरू फरार भइरहने प्रवृत्ति रोक्न विशेष अपरेसन सञ्चालन गरिएको हो। प्रहरी टोलीले अदालतले आदेश गरेको जरिवाना वा सजाय कार्यान्वयन नगरी लुकी–छिपी बस्नेहरूको खोजी–अनुसन्धानलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।
प्रहरीले यस्तो अभियानले न्यायिक प्रक्रियालाई पूर्णता दिन, कानून शासनलाई बलियो बनाउन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom