Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

रानीमहल जाँदै गरेका विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते

फाइल तस्बिर 

मंसिर ५ गते ।
दाङबाट शैक्षिक भ्रमणका लागि रानीमहलतर्फ जाँदै गरेका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटनामा पर्दा ११ जना विद्यार्थी घाइते भएका छन्। बस रानीमहल पुग्नुअघि सडक अधोसंरचनामा आएको अवरोधका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परेका सबै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको छ। उनका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।

प्रहरीले बस दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom