Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

 


कात्तिक १७ गते, काठमाडौं — वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै युके पठाइदिन्छु भनी ठूलो रकम ठगी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति भक्तपुर मध्यपुर थिमी नगरपालिका–१ बस्ने, धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भएका ३१ वर्षीय राहुल पुन्ज हुन्।

उनीमाथि एक जनाबाट युके पठाइदिन्छु भनी ४२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पुन्जले वैदेशिक रोजगारीका नाममा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीमाथि आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom