Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा


मङ्सिर २९ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ स्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा आइसिटी तथा आईटी ल्याब स्थापना र डिजिटल लाइब्रेरी सुदृढीकरणका नाममा रकम हिनामिना गरिएको आरोप छ । आयोगका अनुसार खरिद गरिएको प्रोजेक्टर, सफ्टवेयर र स्ट्यान्ड विद्यालयको अभिलेखमा नदेखिएपछि अनुसन्धान अघि बढाइएको हो ।

प्रधानाध्यापक ठाकुर र तत्कालीन लेखापाल (स्व.) अरुणकुमार कुशियैतविरुद्ध जनही ८ लाख ६२ हजार १५२ रुपैयाँ बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको माग दाबी गरिएको अख्तियारले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom