Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

मुद्दा मिलाइदिने भन्दै १० हजार ठगी गर्ने दुई जना पक्राउ

कपिलवस्तु, मङ्सिर २९ गते । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन देखाई १० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु नगरपालिका–३ विशम्भरपुरमा झैझगडा तथा कुटपिट घटनासँग सम्बन्धित मुद्दा दर्ता भई प्रतिवादी पक्राउ परेका बेला प्रहरी–प्रशासनसँग पहुँच भएको भन्दै मुद्दा मिलाइदिने आश्वासन दिई प्रलाहद केवटकी श्रीमती मिना केवटबाट रकम लिएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको हो ।

उजुरीका आधारमा बुद्धभूमि नगरपालिका–१० बिजगौलीका ५० वर्षीय अयोध्यालाल श्रीवास्तव र २२ वर्षीय मोहन रैदास (भगत) लाई नियन्त्रणमा लिई कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न भेटिएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom