Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, एक पक्राउ

 

मकवानपुर, मङ्सिर २९ गते । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न गएका बेला भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मनहरी गाउँपालिका–६ बालुभञ्जाङका ५० वर्षीय सेते थिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोन र सेते थिङ सिकारका लागि जङ्गल गएका थिए । दुवै जनासँग एक–एक थान भरुवा बन्दुक रहेको अवस्थामा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लड्दा बोकेको बन्दुक अचानक पड्किएको थियो । सोही क्रममा पछिपछि आइरहेका थिङलाई गोली लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको टोलीले घटनास्थल पुगेर ब्लोनलाई प्रयोग भएका दुवै भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom