गुल्मी — गुल्मीको इस्मा गाउँपालिका–३ छल्दीटारमा आफ्नै बाबुले तीन महिने शिशुको हत्या गरेको घटना सार्वजनिक भएको छ। ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने छोरा सुवास कुमालको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटनाका बेला श्रीमान्–श्रीमतीबीच विवाद भएको र सन्तबहादुरले मादक पदार्थ सेवन गरेको खुलेको छ। उनका अनुसार बिहान करिब साढे ९ बजेतिर शिशुको मृत्यु भएको हो।
घटनाबारे मृतकका जेठी छोरी सरिता कुमालले प्रहरी चौकी हस्तीचौरमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले घटनालाई गम्भीर अपराधका रूपमा लिँदै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ।






