Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित





अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। बुधबार सार्वजनिक गरिएको यस निर्णयसँगै अमेरिका प्रवेशका कानुनी आप्रवासन मार्गहरू थप सीमित हुने भएका छन्।

अमेरिकी विदेश विभागका अनुसार ती देशका नागरिकहरू अमेरिका पुगेपछि सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै भिसा प्रक्रिया स्थगित गरिएको हो। बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प पदभार ग्रहण गरेयता अवैध मात्र होइन, कानुनी आप्रवासनमाथि पनि कडाइ गर्दै आएका छन्। यसअघि नै ब्राजिल, इरान, रुस र सोमालिया लगायतका देशका नागरिकका लागि आप्रवासी भिसा रोकिएको थियो।

यो स्थगन आगामी जनवरी २१ देखि लागू हुनेछ। तर पर्यटक, व्यापारिक तथा अन्य गैर–आप्रवासी भिसा का लागि आवेदन दिनेहरू भने यस निर्णयबाट प्रभावित नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री मार्को रुबियो को नेतृत्वमा रहेको मन्त्रालयले विश्वभरका अमेरिकी दूतावास तथा कन्सुलर कार्यालयहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदन रोक्न निर्देशन दिएको छ। मन्त्रालयले अध्यागमन प्रणालीको पुनः मूल्याङ्कन पूरा नभएसम्म भिसा प्रक्रिया स्थगित रहने जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom