Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा फुटपाथ अतिक्रमणविरुद्ध कडाइ : एकैदिन १५१ सवारीसाधन कारबाहीमा


पोखरा , जेठ ८ गते ।

पोखरा महानगरपालिका क्षेत्रमा फुटपाथमा जथाभावी पार्किङ गरिएका सवारीसाधनमाथि प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ।

मिति २०८३ जेठ ८ गते गण्डकी मेडिकल कलेज अगाडिबाट नयाँबजार, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक, न्यूरोड, सभागृहचोक तथा पृथ्वीचोक क्षेत्रमा फुटपाथ अवरुद्ध हुने गरी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरमाथि कारबाही गरिएको हो।

प्रहरीका अनुसार सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिहरूलाई हिँडडुल गर्नसमेत कठिन हुने गरी पार्किङ गरिएका ६८ वटा सवारीसाधनलाई ‘अन द स्पट’ कारबाही गरिएको छ भने ८३ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिई थप प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले मिति २०८३ जेठ ४ गतेदेखि हालसम्म फुटपाथमा अवैध पार्किङ गर्ने ६९३ वटा सवारीसाधनमाथि कारबाही गरिसकेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom