पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले खोला क्षेत्रसँग सम्बन्धित विवादबारे कडा प्रतिक्रिया दिएका छन्।
मेयर आचार्यले कैलास तिमिल्सिना स्वयंले बिदाको समयमा हटाउन निवेदन दिएको र अदालतले आफ्नो कानुनी प्रक्रिया अनुसार निर्णय गरेको बताए पनि हालसम्म महानगरपालिकामा कुनै औपचारिक आदेश नआएको स्पष्ट पारेका छन्।
उनका अनुसार “लिटिलस्टेप स्कुल” ले उक्त स्थान खोला आफ्नो भएको दाबी गर्न नपाउने र अदालतले पनि त्यसबारे आधिकारिक रूपमा घोषणा नगरेको स्थिति रहेको छ।
मेयर आचार्यले सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन आग्रह गर्दै “स्टन्ट नगर्नुहोस्” भन्ने कडा टिप्पणी गरेका छन्। उनले अदालतले तीन वर्षअघि रोक लगाएर अहिले हटाउने आदेश दिएको विषयलाई लिएर गलत व्याख्या नगर्न चेतावनी पनि दिएका छन्।
उनले खोला सम्बन्धमा स्पष्ट गर्दै “खोला खोला नै हो, खोला नै रहनेछ” भन्दै कुनै पनि प्रकारको भ्रममा नपर्न सबै पक्षलाई आग्रह गरेका छन्।





