Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इजरायलमा केयरगिभरका लागि २३०० नेपाली श्रमिकको माग, मासिक तलब करिब साढे ३ लाख


इजरायल का दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा सहायक श्रमिकका रूपमा काम गर्न २ हजार ३ सय जना नेपाली श्रमिकको माग गरिएको छ।


वैदेशिक रोजगार विभाग ले नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इच्छुक नेपाली नागरिकबाट आवेदन आह्वान गरेको जनाएको छ।


विभागका अनुसार तेस्रो चरणअन्तर्गत छनोट गरिने कुल श्रमिकमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन्। छनोट भएका श्रमिकले मासिक ६ हजार ४४३.८५ इजरायली सेकेल अर्थात् करिब ३ लाख ४७ हजार रुपैयाँ तलब पाउने उल्लेख गरिएको छ।


यसका अतिरिक्त ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबास सुविधा समेत उपलब्ध हुने जनाइएको छ। सम्झौताअनुसार रोजगारी अवधि सुरुमा एक वर्षको हुनेछ भने आवश्यकता अनुसार बढीमा पाँच वर्षसम्म थप गर्न सकिने व्यवस्था रहेको छ।


नेपाल र इजरायलबीच नेपाली श्रमिक पठाउने सम्बन्धी श्रम सम्झौता २०७७ असोज १४ गते सम्पन्न भएको थियो। त्यसपछि हालको युवा, श्रम तथा रोजगार मन्त्रालय ले “इजरायलमा नेपाली दक्ष श्रमिक पठाउनेसम्बन्धी निर्देशिका, २०७८” जारी गरेको थियो।


तर, निर्देशिकामा रोजगारदाताले नबेहोरेको अवस्थामा श्रमिक स्वयंले हवाई टिकट, स्वास्थ्य परीक्षण, बीमा, कल्याणकारी कोष तथा श्रम स्वीकृतिसम्बन्धी खर्च व्यहोर्नुपर्ने व्यवस्था राखिएको छ। जबकि नेपाल–इजरायल श्रम सम्झौतामा यस्ता खर्च रोजगारदाताले बेहोर्ने उल्लेख रहेको समाचारमा जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom