Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

काठमाडौंका दुई स्थानबाट चोरीका दुई स्कुटरसहित चार जना नियन्त्रणमा, अनुसन्धान जारी


फाल्गुन ५ गते ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरीमा संलग्न रहेको आशंकामा दुई वटा स्कुटरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फाल्गुन ०२ गते प्रहरी प्रभाग ट्याङलाफाँटबाट खटिएको टोलीले कीर्तिपुर नगरपालिका–स्थित गुरुङ टोलबाट बाग्मती प्रदेश ०२–०१८ प ७९३६ नम्बरको एनटर्क (NTORQ १२५ सीसी) स्कुटरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदी घर भई हाल काठमाडौं महानगरपालिका शान्तीनगर, ओमशान्तीचोक बस्दै आएका २४ वर्षीय सन्तोष बिष्ट र २२ वर्षीय धर्मेन्द्र खडायत रहेका छन्। उक्त घटनामा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

यसैगरी, मिति २०८२/११/०४ गते बुढानिलकण्ठ नगरपालिका–२ वासिक एरियामा चेकजाँचका क्रममा प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले बा ६४ प ३७५५ नम्बरको १२५ सीसी डिओ (DIO) स्कुटरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उक्त स्कुटर प्रहरी वृत्त ठिमी, भक्तपुर क्षेत्रबाट चोरी भएको खुलेको छ।

यस घटनामा उदयपुर घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी, कपन बस्ने १८ वर्षीय रबिन परियार र २८ वर्षीय निर्मल परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चोरीका सवारी साधन ओसारपसार तथा प्रयोग सम्बन्धी गतिविधिबारे विस्तृत छानबिन भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom