नवलपरासी, ९ फाल्गुन । नवलपरासी जिल्लाको बर्दघाट सुस्तापश्चिमस्थित गण्डक नहरमा हराएका तिनैजानको शव भेटिएको छ । आफ्ना दुई नाबालक छोरासहित नहरमा हाम फालेर बेपत्ता भएकी महिलाको शव फेला परेको हो । मृतक दुइवटै छोरालाई सलले बाँधेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
महलबारी निवासी तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा थारुले आफ्ना दुई छोरा नौ वर्षीय क्रिश र सात वर्षीय सुमितसहित नहरमा हाम फालेर बेपत्ता उनीहरू हाम फालेको ठाउँभन्दा करीब एक सय मिटर तल मृत अवस्थामा भेटिएका हुन् ।
उनका श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएको र उनि घरमा सासुआमा सँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेपनि के कारणले उनले आफ्ना सन्तान सहित मृत्युको बाटो रोजिन भन्ने चाहीं खुल्न सकेको छैन ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





