काठमाडौं, ९ फाल्गुन । उडानका लागि धावनमार्गमै पुगेको सौर्य एयरलाइन्सको जहाज पार्किङ–वेमै फिर्ता भएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको हो ।
एसएयू ७२१ उडान नम्बरको सौर्य एयरलाइन्सको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको हो । जसले यात्रु बोर्डिङ पूरा गरी बसिसकेको जहाजमा एकाएक इन्डिकेटरमा समस्या देखिएपछि फर्काउन परेको विमानस्थलले जनाएको छ ।
कम्पनीका इञ्जिनीयरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलको दाबी थियो ।
के समस्याका कारण इन्डिकेटरमा समस्या देखियो भन्ने कारण पत्ता नलागेको खबर प्राप्त भएको छ ।





