Breaking Posts

Type Here to Get Search Results !

नेपालभित्र पसेर भारतियहरुद्वारा लागूपदार्थको व्यापार , ब्राउन सुगरसहित तीन जना पक्राउ - Brighter Network

Top Post Ad


फाल्गुन २०, बारा प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेहरूमा भारत बिहार सिवान जिल्लाका ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्लाका ३० वर्षीय रञ्जनकुमार सिंह, तथा सोही ठाउँका ४० वर्षीय सञ्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।


इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको संयुक्त टोलीले सिमरास्थित राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।


छापाका क्रममा १७० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी प्रवक्ताले बताएका छन्। हाल पक्राउ परेका भारतीय नागरिकहरूलाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

post bottom ads

Ads Bottom