पोखरा, कास्की जिल्लाको पोखरा महानगरपालिका–२४ निवासी खिम बहादुर राना मगरकी श्रीमती २१ वर्षीया दुर्गी राना मगर फाल्गुन १६ गते बिहान करिब ९ बजे घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कविहीन भएकी छन्।
उनी आफ्नी सानी छोरीलाई घरमै छोडेर बाहिर गएकी थिइन्, तर हालसम्म कुनै जानकारी प्राप्त नभएकाले परिवारजनले चिन्ता व्यक्त गर्दै खोजी कार्यमा सहयोग गर्न सबैलाई अपिल गरेका छन्।
गहुँगोरो वर्णकी, ४ फिट ५ इन्च उचाइ भएकी दुर्गी राना मगर हराउने बेला पहेँलो कुर्था–सुरुवाल र कालो साइड ब्याग बोकेकी थिइन्।
यदि कोही कसैले उनीलाई कतै देखेमा वा कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ।
परिवारजनले सो घटना सम्बन्धित निकायसम्म पुर्याउन तथा खोजी कार्यमा सहज बनाउन सबैलाई यो सूचना सक्दो सेयर गर्न आग्रह गरेका छन्।





