Breaking Posts

Type Here to Get Search Results !

नक्कली बुवा बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने वृद्ध प्रहरीको नियन्त्रणमा - Brighter Network

Top Post Ad


सिराहा, चैत ६ – सिराहामा भारतीय नागरिकलाई नक्कली बुवा बनेर नेपाली नागरिकता दिलाउने अमानत मियालाई प्रहरीले पक्राउ गरेको छ।

भारतको विहार राज्यको मधुबनी जिल्लास्थित जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मियाँको नक्कली बुवा बनेर सिराहाको नरहा गाउँपालिका-३ खोरियाका अमानत मियाले नागरिकता बनाएको आरोप छ। २०८० सालको असार २६ गते जिल्ला प्रशासन कार्यालय सिराहाले मोस्ताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरेको थियो।

प्रहरीका अनुसार, अमानत मियालाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको हो।

स्थानीयहरूका अनुसार, यस घटनामा राजनीतिक दबाबका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डललाई अझै पक्राउ गर्न सकिएको छैन। यसले "सानालाई ऐन ठुलालाई चैन" को कुरा प्रमाणित गरेको स्थानीयहरूको भनाइ छ।

डेढ वर्ष अघि नै स्थानीयहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए, तर प्रशासनले त्यसमा कुनै कदम उठाएको थिएन। आर्थिक र राजनीतिक दबाबका कारण कार्यवाही प्रक्रिया रोकिने गरेको आरोप छ।

न्युज कारखानाले यो समाचार प्रकाशित गरेपछि सिराहा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले सदनमा आवाज उठाए। त्यसपछि प्रशासनले कार्यवाही सुरु गरेको स्रोतको भनाइ छ।

सिराहा जिल्ला अदालतबाट म्याद लिएर अमानत मियामाथि विस्तृत अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ। यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि अनुसन्धान र कारबाही हुने जनाएको छ।

यस घटनामा नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डलले भारतीय नागरिकसँग दुई लाख भारतीय रुपैयाँ लिएर नागरिकताको सिफारिस गरेको आरोप छ, जुन न्युज कारखानाले फागुन १२ गते सार्वजनिक गरेको थियो।

post bottom ads

Ads Bottom