नुवाकोट, वैशाख ३। नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित गुरुङगाउँमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुई बालबालिकासहित १० जना यात्रु घाइते भएका छन्।
काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ज ९३४ नम्बरको माइक्रोबस बुधवार माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकखण्डमा दुर्घटना भएको हो। दुर्घटनामा परेका घाइतेमध्ये दुई बालबालिका, छ महिला र चार पुरुष रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामाका अनुसार घाइते सबैको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
