![]() |
| फाइल तस्विर |
पोखरा, चैत २८ — पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा बिहीबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्की व्यक्ति सामान्य घाइते भएकी छन्। ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पोखरा–१४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेल गम्भीर घाइते भएका थिए।
गम्भीर अवस्थामा रहेका कँडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो, तर चिकित्सकले केही समयमै मृत घोषणा गरेका थिए।
स्कुटर चालक सुस्मिता कँडेल, जो मृतक शिवराज कँडेलकी छोरी हुन्, घटनामा सामान्य घाइते भएकी छिन्। उनको हात र घुँडामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
ट्रक चालक नुवाकोटको बेलकोट नगरपालिका–५ निवासी ३५ वर्षीय प्रकाश अधिकारीसहित ट्रक र स्कुटरलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





