Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जना पक्राउ


 जेठ २ गते। प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ। 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार युएई पठाउने भनी १७ लाख ९६ हजार पाँच सय रुपियाँ ठगी गर्ने ५४ वर्षीय न्याउरे तामाङ पक्राउ परेका छन्।


स्थायी घर नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर १ भई हाल काठमाडौं टोखा नगरपालिका वडा नम्बर ३ मा बस्दै आएका तामाङले दुई जनालाई झुक्यानमा पारेका थिए। 


यसैगरी, बेरोजगार युवायुवतीलाई दक्षिण कोरिया पठाउने भनी सात लाख २५ हजार रुपियाँ ठगी गर्ने ३५ वर्षीय जीवन कडरिया पक्राउ परेका छन्। 


स्थायी घर ताप्लेजुङको सिद्धिङ्वा गाउँपालिका वडा नं. ६ भइ हाल काठमाडौँ महानगरपालिका वडा नं. ३० बस्ने कडरियाले तीन जनालाई लामो समय झुक्यानमा राखी पीडित बनाएका थिए। 


प्रहरीका अनुसार उनीहरूलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom