Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफन्त पर्ने विवाहित युवतीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ



अछाम, जेठ ४ गते – आफन्त पर्ने विवाहित युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा अछामको चौरपाटी गाउँपालिकाबाट एक २२ वर्षीय युवक पक्राउ परेका छन्। अन्दाजी २० वर्षीया पीडित युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई वैशाख २८ गते बिहान करिब साढे ११ बजेतिर घरमै गई बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको हो।


जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार, युवकले विगत एक वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएको पीडितको आरोप छ। भारतमा रहेका युवतीका पति हालै घर फर्किएपछि मात्रै घटना बाहिरिएको प्रहरीले जनाएको छ। हाल आरोपी युवक प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom