बाख्रा खोज्न गएका परिवारजनले वन क्षेत्रमा यत्रतत्र छरिएका मृत बाख्रा देखेका थिए, जसमा एक बाख्राको भित्री भाग खाइएको र अन्यको रगत मात्र चुसेर मारेको देखिएको थियो। जिल्ला वन कार्यालयका फरेस्ट्री टक्कबहादुर बमका अनुसार, हाल कालीकोटका अधिकांश सामुदायिक वन क्षेत्रमा बाघ र चितुवा फैलिएका छन्, जसले कतै गाईगोरु त कतै बाख्रालाई निशाना बनाइरहेका छन्।
गत वर्ष रास्कोटको वड्लालको वनमा चितुवा मरेको अवस्थामा भेटिएपछि ती वन क्षेत्रमा बाघ रहेको पुष्टि भएको थियो। अहिले कर्णाली कोरिडोर आसपास र सडकसम्म पनि बाघ देखिन थालेपछि स्थानीय किसान र गोठालाहरूमा थप चिन्ता बढेको छ।
वन कार्यालयले वनतर्फ जाँदा सावधानी अपनाउन र सतर्कता बढाउन आग्रह गरेको छ।